पेट्रोलियको उत्खननका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका छलफल भइरहेको

0

काठमाडौ, १५ साउन । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशका विभिन्न स्थानमा रहेको पेट्रोलियम पदार्थको उत्खननका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका उद्योगीसँग छलफल भइरहेको बताउनु भएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत एकीकृत कर्मचारी सङ्घको छैठौँ केन्द्रीय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री पाण्डेयले स्वदेशी स्रोत साधनलाई उपयोग गरी राष्ट्र निर्माणको कार्य अगााडि बढाइने बताउनुभयो । मुलुकमा आर्थिक समृद्धि कायम गन औद्योगीकरण गर्नु आवश्यक भएकोमा पनि उहाँले जोड दिनुभयो ।

Leave A Reply