पार्कका समर्थकद्वारा सोलमा प्रदर्शन

0

दक्षिण कोरिया, ५ चैत । दक्षिण कोरियाकी अपदस्थ राष्ट्रपति पार्क गेउन हेका समर्थकहरुले उहाँ विरुद्ध लगाइएको महाअभियोगको विरुद्धमा सोलमा शनिबार प्रदर्शन गरेका छन् ।

उनीहरुले पार्कलाई नाटकिय तरिकाले भ्रष्टाचारको महाअभियोग लगाइएको आरोप लगाउँदै महाअभियोग फिर्ता लिन माग गरेका छन् ।

महाअभियोगको विरुद्धमा प्रदर्शन गर्न झन्डै दुई हजार जना उहाँका समर्थक सोलको सडकमा विस्तारै हिडेका थिए । उनीहरुले राष्ट्रिय झण्डा, केही व्यानर र प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।

अपदस्त राष्ट्रपति पार्कले राष्ट्रपति कार्यालय र राष्ट्रपतिको रुपमा पाएको सबै अधिकार त्यागिसक्नुभएको छ ।

पार्कको अति निकट साथि चोई सुन सिलले शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको र त्यसमा पार्कको पनि संलग्नता रहेको अभियोगसहित उहाँलाई अपदस्त गरिएको हो ।

चोइले शक्तिको दुरुपयोग गरि भ्रष्टाचार गरेको कुरा राष्ट्रपति कार्यालयमा पालिएका कुकुरको हेरचाहका लागि राखिएका व्यक्तिबाट बाहिर आएको बताइएको छ ।

ती कुकुरका हेरचाहकर्ता कै कारण आफू अपदस्त हुनपरेको भन्दै पार्कले आफ्ना नौ ओटा कुकुरलाई राष्ट्रपति कार्यालय मै छाडनुभएको छ ।

गत आइतबार राष्ट्रपति कार्यालय छाडेर आफ्नै निजी निवासमा सर्नुभएकी पार्कले चार वर्ष अगाडि आफ्नो साथिले उपहार स्वरुप दिएको कुकुर राष्ट्रपति कार्यालय मै छाड्नुभएको हो ।

Leave A Reply