पशुधन सुरक्षण बिमा

0

सोलुखुम्बु, ३० साउन । गत आवमा १२३ पशुको पशुधन सुरक्षण बिमा गरिएको छ । कृषि विकास बैंकद्वारा सञ्चालित पशुधन सुरक्षण बिमा कार्यक्रम जिल्लामा गत आवदेखि मात्रै सञ्चालनमा ल्याइएको हो ।

चार वटा समूह र तीन सहकारीमार्फत रु ५४ लाख ३७ हजारको बिमा गरिएको कृषि विकास बैंक सल्लेरीका प्रबन्धक कोमल सिटौलाले जानकारी दिनुभयो ।

कुल पशुधन मूल्यको पाँच प्रतिशत बिमा प्रिमियम हुने र सो प्रिमियमको २५ प्रतिशत मात्र कृषकका तर्फबाट बुझाउनुपर्ने हुन्छ । बाँकी प्रिमियमको ७५ प्रतिशत सरकारबाट प्राप्त रकम कृषि विकास बैंकले कृषकलाई उपलब्ध गराउने व्यवस्था छ ।

यस कार्यक्रममा कृषकका तर्फबाट बुझाएको प्रिमियम रकम रु ६७ हजार र सरकारबाट प्राप्त रकम रु दुई लाख तीन हजार किसानको खातामा जम्मा रहेको छ । तिङला–६ र ७ नं वडाको नवदुर्गा भैँसीपालन समूह, भकान्जे–४ को लामजुरा गरिबी निवारण कृषि सहकारी, दूधकुण्ड नगरपालिका–१ बेनीको बेनी गरिबी निवारण कृषि सहकारी संस्था र मुक्लीको कोपिला गरिबी निवारण कृषि सहकारी नवजीवन पशुधनले सुरक्षण बिमा गरेको छ ।

Leave A Reply