पञ्चवर्षीय आवधिक योजना सार्वजनिक

0

बैतडी, ६ पुस । जिल्ला विकास समिति बैतडीले दोस्रो पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेको छ । आगामी पाँच वर्षमा जिल्लाको विकाससहित समेटिएको योजना सार्वजनिक गरिएको हो ।

आवधिक योजना अनुसार जिल्लाका विकास प्राथमिकतालाई समेटेर योजना तयार पारिएको स्थानीय विकास अधिकारी खेमराज विष्टले जानकारी दिनुभयो ।

आवधिक योजनामा जिल्लाको परिचय, जिल्ला विकासका योजना तथा चुनौती, जिल्ला विकासको दीर्घकालीन सोच, भौतिक पूर्वाधार विकासलगायतका कुरा समेटिएका छन् । आवधिक योजनामा समेटिएका कुरालाई टेकेर आगामी दिनमा जिल्लाका योजना तय गरिने स्थानीय विकास अधिकारी विष्टले जानकारी दिनुभयो ।

आवधिक योजनाले जिल्लाको समग्र विकासमा टेवा पुग्ने छ उहाँले भन्नुभयो “आवधिक जिल्ला विकास योजनाले परिकल्पना गरेअनुसार परिषद्ले योजना पारित गर्नेछ ।”

पाँच वर्षका लागि जिल्लामा कसरी योजना सञ्चालन गर्ने, कसरी प्रतिफल प्राप्त गर्नेलगायतका कुरा योजनामा समेटिएका छन् । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफलगायतको सहयोगमा जिल्ला विकास समितिले आवधिक जिल्ला विकास योजना तयार पारेको हो । रासस

Leave A Reply