नेपाल बनाउने साझा मानसिकताको विकासका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने सञ्चारमन्त्री कार्कीको भनाई

0

काठमाडौँ, ८ चैत
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल बनाउने साझा मानसिकताको विकासका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ
नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको अधिवेशनको हिजो काठमाडौंमा उद्घाटन गर्दै संचारमन्त्री कार्कीले जनताका अपेक्षा पूरा गर्न पत्रकारिता क्षेत्रको पनि भूमिका उत्तिकै आवश्यक रहेको बताउनुभयो ।
पत्रकारको न्यूनतम पारिश्रमिक कानुन बमोजिम उपलब्ध गराउन सञ्चारगृहलाई ध्यानाकर्षण गराएको बताउँदै उहाँले त्यसो भएमा सरकारले सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिने स्पष्ट पार्नुभयो ।

Leave A Reply