नेपाल पूर्वाधार विकास सम्मेलन हिजोदेखि काठमाडौंमा सुरु

0

काठमाडौं, ९ फागुन
दिगो पूर्वाधार, सम्वृद्धिको आधार भन्ने नाराका साथ नेपाल पूर्वाधार विकास सम्मेलन हिजोदेखि काठमाडौंमा सुरु भएको छ ।
सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधारको विकास मार्फत समावेशी र दिगो विकासमा नेपालले जोड दिएको बताउनु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले लामो समयको राजनीतिक आन्दोलन समाप्त भएर नेपाल अब विकासको मार्गमा अघि बढने वातावरण बन्दै गएको बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले स्वदेशी तथा विदेशी लगानीको माध्यमबाट विकासका पूर्वाधारहरुको निमार्णका लागि आवश्यक वातावरण निर्माण भएकोले लगानी गर्न पनि लगानीकर्ताहरुलाई आग्रह गर्नु भयो ।
आजाव…..
प्रधानमन्त्री प्रचण्डले सरकारले वैदेशिक लगानीका लागि उदार नीति अवलम्बन गरेकोले आगामी दिनमान नेपालमा विदेशी लगानी विस्तार हुने अपेक्षा पनि गर्नु भयो ।
आजाव…..
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले नेपालले लिएको आथर््िाक तथा लगानी नीति लगानीकर्ता मैत्री रहेको बताउनु भयो ।
कार्यक्रममा भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले पुर्वाधार निर्माणमा नेपालसँगै मिलेर काम गर्न भारत तयार रहेको बताउनु भयो ।
भारतीय रेलमन्त्री प्रभुले नेपालमा पूर्वाधार निर्माणमा लगानी नभएकै कारण विकासको गति बढन नसकेको उल्लेख गर्नु भयो ।
पर्यटनमन्त्री जीवन बहादुर शाहीले नेपालको पर्यटन क्षेत्रमा पर्वाधार निर्माण मा प्रयाप्त लगानीको क्षेत्र रहेको उल्ेखख गर्नु भयो ।
नेपाल सरकार र निजी साझेदार संस्थाहरुको संयुक्त आयोजनामा भएको सम्मेलन दुई दिनसम्म चल्ने त्यस सम्मेलनमा सरकारी, गैर सरकारी तथा अन्तराष्ट्रिय संस्था विकास विज्ञहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा नेपालको जलविद्युत्, औद्योगिक, सडकजस्ता ठूला पूर्वाधार विकासमा सरसकार र निजी क्षेत्र मिलेर समृद्ध नेपालको निर्माण गर्ने सम्बन्धमा छलफल हुनेछ ।
सम्मेलनको पहिलो दिन हिजो विकासमा सार्वजनिक निजी साझेदारी सम्बन्धमा भएको छलफलमा निजी क्षेत्रका व्यावसायी तथा विकास विज्ञहरुले विकासमा निजी क्षेत्रलाई सँगै अगाढि लैजाने सम्बन्धमा सरकारको स्पष्ट कार्ययोजना नभएको, सरकार नारामा मात्र सीमित हुने गरेको भनी गुनासो गरेका थिए ।
छलफलमा उठेको प्रश्नको जवाफ दिंदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्ण बहादुर महराले, लामो समयको राजनीतिक संक्रमणकालले सरकारको विश्वसनियता तथा पारदर्शिता माथि प्रश्न उठे पनि सरकार निर्वाचन र देश विकासका लागि पूर्ण प्रतिवद्ध रहेको वताउनुभयो ।
उहांले, चुनावपछि सरकार विकासमा केन्द्रित हुने भन्दै यसमा शंका नगरी नेपालको विकास अभियानमा सरकारलाई साथ दिन निजी व्यवसायी तथा लगानीकर्ताहरुलाई आग्रह गर्नु भयो ।

Leave A Reply