नेपालीको साझा मानसिकता बनाउन आवश्यकः सञ्चारमन्त्री

0

काठमाडौँ, ७ चैत ।सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल बनाउने साझा मानसिकताको विकासका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै संचारमन्त्री ढकालले जनताका अपेक्षा पूरा गर्न पत्रकारिता क्षेत्रको पनि भूमिका उत्तिकै आवश्यक रहेको बताउनुभयो ।

पत्रकारको न्यूनतम पारिश्रमिक कानुन बमोजिम उपलब्ध गराउन सञ्चारगृहलाई ध्यानाकर्षण गराएको बताउँदै उहाँले त्यसो भएमा सरकारले सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिने स्पष्ट पार्नुभयो ।

पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल, महाप्रबन्धक सचिन रोका, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीलगायतले बोल्नु भएको थियो ।

Leave A Reply