नेता सिंह र अमेरिकी राजदूतबीच भेट

0

काठमाडौँ, २३ कात्तिक । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालका लागि अमेरिकी राजदूत एलेन टेप्लिजलाई नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान संशोधनको विषयमा आज जानकारी गराउनु भएको छ ।

सिंहनिवास चाक्सीबारीमा भएको सो भेटवार्तामा राजदूत टेप्लिजले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र काँग्रेसको भूमिकाबारे जिज्ञासा राख्नुभएको सिंहका प्रेस सहयोगी युपी लामिछानेले राससलाई जानकारी दिनुभयो ।

Leave A Reply