नेताहरुको प्रवृतिका कारण राजनितिप्रति जनतामा वितृष्णाः नेता पौडेल

0

इलाम, ७ चैत्र । नेपाली काँग्रेसका रिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुले जनताप्रति जवाफदेही भुमिका निर्वाह नगरेकोले जनतामा राजनीतिक वितृष्णा बढेको बताउनुभएको छ ।

इलाममा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै नेता पौडेलले राजनीतिक दलका शीर्षस्थ नेताहरुको गलत प्रवृतिका कारण देशमा अतिवाद निम्तने खतरा रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी ३ तहको निर्वाचनले देश समृद्धिको बाटोतर्फ जाने भएकाले स्थानयि तहको निर्वाचनपछि सीमांकनमा रहेका असन्तुष्टिहरु दल गरिनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसले आगामी बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ३ दिवसीय अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण तथा गाउँ जागरण अभियान सञ्चालन गरिरहेको छ ।

Leave A Reply