‘निर्वाचन र लोकतन्त्र’ नामक कृति सार्वजनिक

0

काठमाडौँ, ९ साउन २०७३ । दधिराम मरासिनी स्मृति प्रतिष्ठानले दधिराम मरासिनीको १३४औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ समाजसेवी किशोर गौतम र भाषासेवी यादवनाथ आत्रेयलाई शनिवार अभिनन्दन गरेको छ ।

असहाय, गरिब, दीन दुःखीका लागि आर्थिक सहयोग उपलब्ध गराई सेवाको माध्यमबाट राष्ट्रको विकासमा सहयोग पुर्याएबापत गौतम र नेपाली भाषा, साहित्य तथा वाङ्मयको क्षेत्रमा योगदान गरेकाले आत्रेयलाई शनिवार अभिनन्दन गरिएको हो ।

काठमाण्डौमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले उहाँहरुलाई दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गर्नुभएको हो । उहाँले प्रसिद्ध आध्यात्मिक चिन्तक महापण्डित दधिराम मरासिनी नेपाली र संस्कृत साहित्यका स्रष्टा भएको बताउँदै यस्ता ऐतिहासिक व्यक्तित्वका कृति तथा योगदानलाई समाजमा फैलाउन सम्मानित व्यक्तित्वले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री ढुण्डीराज शास्त्री, मोदनाथ प्रश्रित र कार्यक्रमका संयोजक पूर्वउपकुलपति माधवराज गौतमले अर्घाखाँचीमा हरिहर गौतमको खर्चमा स्थापित हरिहर संस्कृत पाठशालामा दधिराम मरासिनीले अध्यापन गराई धेरैलाई ज्ञानको ज्योति बाँडेको बताउँदै नेपालका पश्चिमी भेगमा शैक्षिक विकासमा उहाँहरुले पुर्याएको योगदानको महत्व रहेको बताउनुभयो ।

सो अवसरमा प्रतिष्ठानबाट प्रकाशित स्मारिका, दधिराम मरासिनी र लेखनाथ पौड्यालका कवितामा दार्शनिक पक्ष तथा शान्ता नेपालद्वारा लिखित ‘निर्वाचन र लोकतन्त्र’ नामक कृतिसमेत सार्वजनिक गरिएको छ ।

Leave A Reply