निर्वाचन निर्धारित समयमैः सभापति देउवा

0

कठमाडौं, ७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारीत समयमा निर्वाचन हुनेमा शंका नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

कांगे्रस मासिक पत्रिकाले आज भक्तपुरको लोकन्थलीमा गरेको नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौ पुण्य स्मृति दिवस कार्यक्रममा सभापति देउवाले निर्वाचन नभए संबिधान कार्यान्वयन अबरुद्व हुने बताउनुभयो ।

निर्वाचनको वातावरण बनाउन नेकपा एमाले र मधेशवादी दलसँग निरन्तर वार्ता भैरहेको बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सांसद रामेश्वर ढुङ्गेल, मनमोहन भट्टराई, काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, काँग्रेस नेता मधु आचार्य, काँग्रेस जिल्ला सभापति दूर्लभ थापा लगायतले पार्टी एक ढिक्का बनाएर लान सके गिरिजाप्रसाद कोईरालाप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

Leave A Reply