निर्वाचनमा विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौतीः गृहमन्त्री

0

बनेपा, ८ बैशाख । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन बिथोल्नेप्रति सरकार कडा ढंगले प्रस्तुत हुने बताउनुभएको छ ।

आजदेखि काभ्रेपलाञ्चोकको धुलिखेलमा सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीको उदघाटनपछि पत्रकारसँग कुरा गर्दै गृहमन्त्री निधिले ढुक्क भएर निर्वाचनमा भाग लिन उम्मेदवार र मतदातालाई आग्रह गर्नुभयो ।

उहाँले मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण निर्माण हुन लागेको बताउनुभयो ।

Leave A Reply