निर्वाचनका लागि २ अर्ब ५९ करोड निकासा

0

काठमाडौं, ४ चैत्र । अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तत्कालका लागि गृह मन्त्रालयलाई २ अर्ब ५९ करोड रुपैयाँ निकासा दिएको छ ।

गृह मन्त्रालयले निर्वाचनका क्रममा सुरक्षामा करीब २० अर्ब खर्च लाग्ने बताएको र त्यस विषयमा सुरक्षा निकायहरु गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायत सम्बद्ध निकायहरुसँग छलफल गरी थप निकासा गर्दै जाने अर्थ सचिव डा.शान्तराज सुवेदीले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन सम्पन्न गर्न विश्वसनीय, भरपर्दो र प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउने तयारी पूरा भइसकेको गृह मन्त्रलयले जनाएको छ ।

निर्वाचनमा सहभागी हुने सबै पक्षको सुरक्षा व्यवस्थासँगै दैनिक कार्य सञ्चालनमा सुरक्षा दिन गृहमन्त्रालय तयारी योजनाका साथ अगाडी बढिरहेको मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले बताउनु भएको छ ।

Leave A Reply