निर्धारित समयमै निर्वाच हुन्छः प्रधानमन्त्री

0

नवलपरासी, फागुन ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री प्रचण्डले प्रमुख दलहरु सहमत भईसकेकोले निर्धारित समयमै स्थानीय निर्वाचन हुने बताउनु भएको छ ।

नवलपरासीको देवचुलीमा प्रथम देवचुुली महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले केही दिनमै निर्वाचन मिति घोषणा हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले जेठ महिनामा स्थानीय चुनाव र आगामी माघभित्र तीन वटै तहको निर्वाचन हुने बताउनु भयो ।

आजै प्रथम रोल्पा महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन र तीनै तहको निर्वाचन गर्न राष्ट्रि सहमतिको वातावरण बनाउने जिमेवारी पूरा गर्न सरकार गम्भीर ढंगलले लागिपरेको बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयन र निर्वाचन हुन नदिन दुई थरीका शक्ति सक्रिय रहे पनि जनताको सहभागितामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरिने बताउनु भयो ।

प्रधानमन्त्रीले मुलुकले अब आन्दोलन थेग्न नसक्ने भएकाले अब आर्थिक समृद्धिलाई जोड दिनु पर्ने बताउनु भयो ।

Leave A Reply