नयाँ शक्ति नेपालको पार्टी घोषणा छmलफल गर्ने क्रम हिजो सकियो

0

काठमाडौँ, ३२ जेठ

नयाँ शक्ति नेपालको पार्टी घोषणाका लागि भएको भेला अन्तर्गत जारी बन्दसत्रमा प्रस्तुत तीन प्रतिवेदनमा विभिन्न १२ समूहमा विभाजन गरी भएको छलफल सकिएको छ ।

प्रज्ञा भवन कमलादीमा हिजो भएको बन्दसत्रमा संयोजक डा बाबुराम भट्टराईले ‘नयाँ शक्तिका आधार तत्वहरू विषयक राजनीतिक, सचिवालय सदस्य देवेन्द्र पौडेलले ‘साङ्गठनिक सिद्धान्त र विधान’ र अर्का सचिवालय सदस्य रामेश्वर खनालले ‘विकास र समृद्धिको खाका’ विषयक आथर््िाक गरी छुट्टा छुट्टै पेस गर्नुभएका प्रतिवेदनहरुमा भेलाका सहभागिले छmलफल गर्ने क्रम हिजो सकिएको हो ।

प्रतिवेदन पेस गरिएपछि तीनवटै विषयमा छलफलका लागि प्रतिनिधिलाई १२ समूहमा विभाजन गरिएको थियो । हिजो प्रतिनिधिले छलफलमा दीएका सुझावका आधारमा आज १२ टोली प्रमुखहरुले निष्कर्ष प्रस्तुत गर्ने र प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यक्रम रहेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।

बन्द शत्रमा स्वदेश र प्रवासका गरी एक हजार ५०० भन्दा बढी प्रतिनिधि एवम् पर्यवेक्षकको सहभागिता रहेको जनाइएको छ ।

Leave A Reply