नयाँ वर्ष २०७४ बिस्केट जात्रा वाग्द्वार मेला सपनतीर्थ मेला

0

काठमाडौँ, १ बैशाख । आज विक्रम संवत् २०७४ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर तथा विदेशमा रहेका नेपालीले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

यस अवसरमा आज बिहानै स्नान, घर–आँगन सफा, देवदेवीको दर्शन, मन्दिर जाने, मीठोमीठो खाने, साथीसंगति तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गरिएको छ ।

देशभर विभिन्न धार्मिक, साँस्कृतिक कार्यक्रम गरी नयाँ वर्ष मनाइएको हाम्रा समाचारदाताहरुले जनाएका छन् ।

वाग्मती नदीको उद्गमस्थल वाग्द्वारमा आज बिहानैदेखि भक्तजनको घुँइचो लागेको थियो ।

Leave A Reply