दोस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता यहि महिनाको अन्तयमा शुरु हुने

0

काठमाडौँ, ४ फागुन
दोस्रो नेपालगन्ज गाल्ड कप फुटबल प्रतियोगिता यहि फागुन महिनाको अन्तयमा शुरु हुने भएको छ ।
फागुन २६ गते देखि चैत ४ गते सम्म नेपालगन्ज रङ्गशालामा आयोजना हुने प्रतियोगितामा ८ वटा क्लबको सहभागिता रहने आयोजक बाँके जिल्ला फुटबल संघद्वारा सोमबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
प्रतियोगितामा मनाङ्ग मस्याङदि क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरीको ए पि यफ क्लब, संकटा क्लब, रुपन्देहि ११, नेपालगन्ज ११ र भारतको देल्ली युनाईटेड क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने क्लबले ५ लाख र दोस्रो हुने क्लबले २ लाख ५१ हजार रुपैँया प्राप्त गर्ने छन् ।

Leave A Reply