दोस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला÷भक्सपप

0

काठमाडौं, ६ फागुन
काठमाडौंको आर्मी अफिसर्स क्लबमा जारी दोस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेलामा हिजोसम्म करिब १० हजार मानिसले उत्साहजनक रुपमा अवलोकन गरेको मेला आयोजक समितिले जनाएको छ
मेलामा कृषि, हस्तकला, लुगा, जुत्ता, अर्गानिक खानेकुरा, सैन्दर्यका सामग्री जस्ता नेपाली तथा विदेशी महिला उद्यमीहरुले तयार पारेका सामाग्रीहरुको एक सयवटा स्टल राखिएको मेला आयोजक समितिका संयोजक एवं महिला उद्यमी महासंघकी प्रथम उपाध्यक्ष शारदा रिजालले जानकारी दिनुभयो ।
महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको स्वदेश तथा विदेशमा समेत प्रचारप्रसार गर्ने उदेश्यले सुरु गरिएको व्यापार मेलामा नेपाल बाहेक कोरिया, चीन, फिनल्याण्ड, भारत, बंगलादेश, भुटान अफगानिस्तान लगायतका देशका महिला उद्यमीहरुको समेत सहभागिता रहेको छ ।
मेला फागुन ७ गतेसम्म चल्ने छ ।

Leave A Reply