दलहरुको उत्साहले निर्वाचनको माहौल बढेको छः प्रमुख आयुक्त

0

काठमाडौं, ८ बैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनमा दलहरुको उत्साहजनक उपस्थितिले निर्वाचनको माहोल बढ्दै गएको बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभाग र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त डा.यादवले उम्मेदवारी मनोनयनको मिति नजिकिरहेको अवस्थामा सञ्चार मध्यमबाट सन्तुलित र बस्तुगत समाचार सम्प्रेषण हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा केन्द्रीय पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरन्जीवि खनाल र नेपालस्थित जाइकाका प्रनिधिति जुन साकुमाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आम सञ्चारका माध्यमको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

Leave A Reply