तामिलताडूका मुख्यमन्त्री हृदयघातबाट पीडित

0

भारत, २० मङ्सिर । भारतको दक्षिणी भागमापर्ने तामिलनाडू राज्यका नेता तथा मुख्यमन्त्री जयाललितलाई आइतबार राति हृदयघात भएको छ । हृदयघातपछि गरिएको शल्यक्रिया पश्चात पनि उहाँ अवस्था र गम्भीर नै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

तामिलनाडू प्रान्तका मुख्यमन्त्री जयाललिताको वरिष्ठ चिकित्सकको टोली लागेर उपचार भइरहेको बताइएको छ । उहाँको चेन्नाइको प्रान्तीय राजधानीमा रहेको अपोलो अस्पतालमा उपचार भइरहेको छ ।

चलचित्रका पूर्व नायिकापछि राजनीतिमा प्रवेश गर्नुभएकी जयाललिता आइतबार राति हृदयघातबाट पीडित हुनुभएपछि अस्पताल भर्ना गरिएको हो ।

उहाँ दुई महिना अगाडि पनि ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण अस्पताल भर्ना हुनुभएको थियो । आफ्ना समर्थकबीच ‘अम्मा’को नामबाट परिचित उहाँले सन् १९८० को सुरुबाट नै राजनीतिमा जीवन सुरु गर्नुभएको थियो ।

उहाँ आफ्नो सफल चलिचित्र नायिका भूमिका हुदाँहुदै पनि राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँले करिब १५० वटा चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँले तामिलनाडूको मुख्य मन्त्रीको पद तीन पटकसम्म सम्हाली सक्नुभएको छ ।

पछिल्लो पटक सन् २०११ को मे महिनाबाट उहाँ तामिलनाडूको मुख्य मन्त्रीको पदमा हुनुहन्छ । जयाललिताको सोमबार बिहान सबेरै मुटुको शल्यक्रिया भएको उहाँका पार्टी एआइएडिएमकेका प्रवक्तले जानकारी दिनुभएको छ ।

‘चिकित्सकका अनुसार अम्मा राम्रो हुने छिन्’ पार्टीका प्रवक्ताले बताउनु भएको छ ।

Leave A Reply