तमिलनाडुकी नेतृलाई जेल सँजायको फैसला

0

भारत,  फागुन ३ । भारतको सर्वोच्च अदालतले तमिल नाडुकी सम्भावित मुख्यमन्त्री भि के शशिकलालाई दोषी ठहर गरी चार वर्ष जेल सजाय गर्न आदेश दिएको छ ।

मङ्गलबारको यो आदेशसँगै उहाँ अव मुख्यमन्त्री बन्न नपाउनु हुने भएको छ । उहाँलाई अदालतले रु १० करोड जरिवाना र १० वर्षसम्म निर्वाचन लड्न नपाउने फैसला पनि सुनाएको छ ।

उहाँको धेरै सम्पत्तिको आयश्रोत स्पष्ट नभएको मुद्दामा उहाँलाई अदालतले दोषी ठहर गरेको अदालतका अधिकारीले जानकारी दिएका छन् ।

फैसला सुन्ने बेलामा शशीकला अदालतमा अनुपस्थीत हुनुहुन्थ्यो । उहालाई तत्काल प्रहरी समक्ष आत्मसमर्पण गर्न भनिएको छ ।

अहिले ५९ वर्षकी हुनुभएकी शशिकला पहिला भिडियो क्यासेट बिक्रेता हुनुहुन्थ्यो ।

Leave A Reply