ट्रकको ठक्करबाट एसइई परीक्षार्थीको मृत्यु

0

राजविराज, ७ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको आज बिहान मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ कि १६ वर्षीया नितुकुमारी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ठाकुर रुपनगरस्थित शङ्कर उच्च माविमा परीक्षा दिन भारदहको बिपी मावि परीक्षा केन्द्रबाट परीक्षा दिन जाँदै गर्दा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता धनकुटामा बसको ठक्करले एसइइ परीषा दिएर फकिँदै गरेका तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन् ।

संखुवासभाको मुढे शनिश्चरेबाट धरान आउँदै गरेको को १ ख २९३२ नम्बरको बसले धनकुटाको जोरपाटीमा ठक्कर दिँदा विद्यार्थीहरु तालुखा–९ का दोर्जे शेर्पा, अञ्जना मगर र एलिसा ओझा घाइते भएको प्रहरीले जनाएको छ ।

Leave A Reply