जोर्डन बस दुर्घटनामा ६ जनाको मृत्यु, ३७ जना घाइते

0

जोर्डन, १० कात्तिक २०७३। सिरियाको सीमा नजिकै अवस्थित उत्तरी जोर्डनमा मङ्गलबार भएको बस दुर्घटनामा ६ जना मानिसको मृत्यु भएको छ भने ३७ जना यात्रु घाइते भएको यहाँका अधिकारीले जनाएका छन् ।

इरविद् र माफराक सहरको बीच भूभागतिर भएको दुर्घटनामा गुडिरहेको बसको गति नियन्त्रण हुननसकी पल्टिएको र ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते ३७ जनालाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।

जोर्डनमा कमजोर सडक संरचनाका कारण सडक दुर्घटनामा परी गत वर्ष ६८८ जनाले ज्यान गुमाएको र १४ हजार मानिस सडक दुर्घटनामा परी घाइते भएको जोर्डनी अधिकारीले बताएका छन् ।

Leave A Reply