जाजरकोटमा यातायात बन्द

0

जाजरकोट, ८ वैशाख । जाजरकोटमा गत फागुन २६ गते भएको बस दुर्घटनामा मृत्यु हुनेका परिवारले राहत तथा घाइतेले उपचार नपाएको विरोधमा आजदेखि यातायात बन्द गराएका छन् ।

फागुन २६ गते भएको बस दुर्घटनामा २७ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका थिए ।

मृतकका परिवारलाई किरिया खर्च स्वरुप २५ हजार उपलब्ध गराईए पनि विमा बापतको पाँचलाख रुपैयाँ अझै उपलब्ध नभएको भन्दै प्रभावित परिवारले अनिश्चितकालिन यातायात बन्द गराएका हुन् ।

Leave A Reply