जनता आवास कार्यक्रम अन्तर्गत पाँच सय ५०घर निर्माण हुँदै

0

कैलाली, ८ फागुन । सीमान्तकृत र विपन्न समुदायको बसोवासका लागि ल्याइएको जनता आवास कार्यक्रम अन्तर्गत यसवर्ष कैलाली जिल्लामा ५सय ५० वटा घर निर्माण हुने भएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा प्रति घरका लागि रु दुई लाख १६ हजारका दरले बजेट आएको धनगढीस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ ।

कार्यक्रम अन्तर्गत ५० वटा घर राजी, वादी, गन्धर्व र लोध जातीका लागि तोकिएर आएकाले सत्ती, विष्णुकान्तिपुर, टिकापुर, पथरैया, भजनी–त्रिशक्ति तथा धनगढी लगायतका स्थान छनोट गरिएको छ ।

बाँकी ५०० घर निर्माणका लागि समितिले अत्तरिया, चौमाला, लम्की, गोदावरी, मुडा, टिकापुर, भजनी–त्रिशक्ति, थापापुर, मसुरिया र सुगरखाल क्षेत्र छनोट गरेको छ ।

Leave A Reply