चुरे संरक्षणका लागि थप गम्भीर बन्न राष्ट्रपतिको आग्रह

0

राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे–तराई मधेश संरक्षणका लागि थप गम्भीर ढंगले लाग्न चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।

आज राष्ट्रपति भवन शीतलनिवासमा बोलाएर वनमन्त्री शंकर भण्डारी, वातावरण मन्त्री जयदेव जोशीसहित चुरे संरक्षण समितिका पदाधिकारीलाई राष्ट्रपतिले चुरे संरक्षणमा भइरहेका प्रयासबारे चासो राख्नुभएको थियो ।

भेटमा चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीहरुले उपलब्धि तथा मुख्य चूनौतीका बारेमा प्रस्तुति गर्नुभएको थियो ।

Leave A Reply