चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

0

बाजुरा, ४ चैत । बाजुराको उत्तरी भेगको सिंहमाली गाउँपालिका साबिकको रुगिन–४ बोर्तामा गए राति चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मृत्यु हुनेमा स्थानिय चन्दन कार्कीका १४ वर्षीय छोरा शेरबहादुर कार्की रहेका छन् । कार्कीकै दुई छोरी चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरिक्षक सुदाम रावले बताउनुभयो ।

Leave A Reply