घुस लिने सव–इन्जिनियरविरुद्ध आरोपपत्र

0

काठमाडौँ, ९ मङ्सिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ९७ हजार घुस लिने सव–इन्जिनियर सञ्जयकुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको छ ।
सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतमा कार्यरत सव–इन्जिनियर यादवलाई बिल फरफारक गरी चेक भुक्तानी दिने प्रयोजनका लागि उक्त रकम घुस माग गरिरहेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको थियो ।
आयोगले निज यादवको कसुर पुष्टि हुन आएको भन्दै हिजो विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

Leave A Reply