घुस लिएको आरोपमा तीन जना पक्राउ

0

चितवन, ८ बैशाख । घुस लिएको आरोपमा आज चितवनको मालपोत कार्यालयबाट दुइ जना कर्मचारी र एक जना लेखापढी व्यवसायी पक्राउ परेका छन ।

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा मालपोत कार्यालयका नायव सुव्वा मनोज निरौला, कम्युटर अप्रेटर प्रदिप पौडेल र लेखापढी व्यवसायी फणिन्द्रराज तिवारी रहेका छन् ।

उनीहरु एकजना सेवाग्राहीको जग्गा पारिवारिक नामसारी गर्न आउंँदा घुस लिएको अभियोगमा पक्राउ परेका हुन् ।

Leave A Reply