गरिबी निवारणमा लघुवित्त संस्था र यसमा आवद्ध महिलाहरुको विशेष भूमिका रहेको प्रम ओली

0

काडमाडौ, ३ जेठ । प्रधानमन्त्री के.पीं शर्मा ओलीले नेपालको गरिबी निवारणमा लघुवित्त संस्था र यसमा आवद्ध महिलाहरुको विशेष भूमिका रहेको बताउनु भएको छ ।

उद्यमशीलताको विकास, गरिवी निवारणको निकास भन्ने मुल नाराकासाथ आईतवारबाट काठमाण्डौमा शुरु भएको राष्ट्रिय लघुवित्त महिला सदस्य सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक विकासमा लघु वित्तसंस्थाहरुको भूमिका थप विस्तार हुनु पर्नेमा पनि जोड दिनु भयो ।

प्रधानमन्त्री ओलीले प्रकृति र सम्पदाले भरिपूर्ण नेपाल गरिब हुनु दुखद् भएको उल्लेख गर्दै यस अवस्थाबाट नेपाललाई माथि उठाउन सरकारले विशेष कार्यक्रम आगामी बजेट मार्फत ल्याउने तयारी गरेको बताउनु भयो ।

नेपालका ७५ वटै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी दुई दर्जनभन्दा बढी लघुवित्त बैंकहरुमध्येबाट २५८ जना, लघुवित्त कार्यक्रम सञ्चालन गर्ने झण्डै डेढ दर्जन गैर सरकारी संस्थाहरुबाट २२० जना र लघुवित्त कार्यक्रम सञ्चालन गर्ने झण्डै एक दर्जन सहकारी संस्थाबाट १५० जना महिला प्रतिनिधिहरु एवम् सम्बन्धित संस्थाका कर्मचारी प्रतिनिधि गरी झण्डै ७०० जना प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता रहेको छ ।

सम्मेलनमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरी मुलुकको लघुवित्त क्षेत्रले भोग्नु पेरका समस्या तथा आगामी कार्यक्रमका वारेमा छलफल काठमाण्डौ घोषणपत्र जारी गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले जानकारी दिनु भयो ।

Leave A Reply