खेल समाचार

0

काठमाडौँ, ७ चैत
नेपालकी धाविका कान्छिमायाले ताईपेई म्याराथनको महिलातर्पmको दौडमा ११ औँ स्थान प्राप्त गर्न सफल भएकी थिईन् ।
ताईपेईमा आईतबार भएको म्याराथनमा कान्छिमायाले २ घण्टा ५९ मिनेट १३ सेकेण्ड्स्मा दौड पुरा गरेकी थिईन् ।
खराबम ौसमका कारण कान्छिमायाले आफ्नै नाममा रहेको २ घण्टा ५५ मिनेट ५९ सेकेण्ड्स्को राष्ट्रिय कीर्तिमान समेत भङ्ग गर्न समेत कठिन परेको प्रशिक्षक सुशिल नर सिंह राणाले जानकारी दिनुभयो ।
झण्डै १५ हजार धावकले भागि लिएको दौडमा ११ औँ स्थान प्राप्त गर्नु सन्तोषजनक नै रहेको प्रशिक्षक राणाले बताउनुभयो ।
यो वर्ष मात्रै दौडमा ८ वटा उपाधि प्राप्त गरिसकेकी सशस्त्र प्रहरीकी धाविका कान्छिमायाले ताईपेई दौडमा ११ औँ स्थान प्राप्त गरे वापत ४ हजार ताईवान डलर प्राप्त गरेकी छिन् ।
आर.एस एन्ड सी.सी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबल–टेनिस प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली आइतबार भारतको सिलोङ प्रस्थान गरेको छ ।
यहि चैत १० देखि १२ गतेसम्म हुने प्रतियोगतामा समान ५–५ पुरुष र महिला खेलाडीहरुले २१ वर्ष मूनि उमेरसमूहमा सिंगल्स, डबल्स, मिक्स र टिम स्पर्धामा सहभागिता जनाउने राष्ट्रि खेलकुद परिषदले जनाएको छ ।
पुरुष खेलाडीमा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, मणिकुमार लामा, रितिज जोशी, विपुल महर्जन र नारायण घिमिरे रहेका छन् ।
महिला खेलाडिमा सोनु थापा मगर, सिक्का सुवाल, गीता अर्याल, सुजाता दुवाल र मन्जु सुवाल रहेका छन् । प्रशिक्षकमा सञ्जय अर्याल तथा टिम व्यवस्थापकमा शिव देउजा रहेका छन् ।
अन्तराष्ट्रिय खेलमा बंगलादेशले आफ्नो एक सयौँ टेस्ट क्रिकेट जित्न सफल भएको छ ।
श्रीलङ्काको कोलम्बोमा भएको खेलमा बंगलादेशले श्रीलङ्कालाई ४ विकेटले पराजित गरेको थियो ।
बंगलादेशले तिन टेस्टको श्रीङ्कखलामा १÷१ को बराबरी गर्न पनि सफल भएको थियो ।
टेस्टको अन्तिम दिन श्रीलङ्काले दिएको १ सय १९ रनको विजयी लक्ष्ये बंगलादेशले ६ विकेटको क्षेतिमा पुरा गरेको थियो ।
अष्ट्रेलिया, पाकिस्तान र वेस्ट ईन्डिज पछि बंगलादेश आफ्नो एक सयौँ टेस्ट क्रिकेट जित्ने चौथो राष्ट्र पनि बनेको छ ।

Leave A Reply