खेल समाचार

0

काठमाडौं, ६ चैत्र
लक्ष्मी हुण्डाई गल्फ ओपन प्रतियोगिताको उपाधि विकास शाहले जितेका छन् ।
काठमाडौँको गोकर्ण स्थित गोकर्ण फरेष्ट रिसोर्टमा शनिबार सम्पन्न प्रतियोगितामा प्रथम भएका बिकासले १८ होलबाट ४९ अङ्क जोडेका थिए ।
बिकास भन्दा १ अङ्क मात्र पहि रहेका नोर्बु शेर्पा दोस्रो भएका थिए भने निश्चय जंग रायमाझीले तेस्रो स्थान प्राप्त गरेका थिए ।
प्रथम हुँदै विकास शाहले उपाधि संगै १ लाख रुपैँया बराबरको उपाहार प्राप्त गरेका थिए ।
दोस्रो हुँदै नोर्बु शेर्पाले ट्रफि सहित ५० हजार रुपैँया बराबरको उपाहार प्राप्त गरेका थिए भने उनले सबै भन्दा बढि बोर्डिज प्रहार गरेकाले अतिरिक्त १० हजार रुपैँया पनि पुरस्कार प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा १ सय १५ जना खेलाडिहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताका विजेताहरुलाई नेपालका लागि दक्षिण कोरियालि राजदुत यो योङ्ग जिन, लक्ष्मी हुण्डाईका समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, गोकर्ण फरेस्ट रिसोर्टका अध्यक्ष सुहद घिमिरे लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
इ.सि.डि.सी तेक्वान्दो डोजाङको शाखा पारातर्फको ग्रेडिङ सम्पन्न भएको छ ।
काठमाडौँको ढुगेंधारास्थीत नेपाली सेनाको पुर्नस्थापना केन्द्रमा सम्पन्न ग्रेडिङ समारोहमा ह्वीइल चियर पारा तेक्वान्दोको डोजाङका प्रमुख कल्याण कुँवर र पारा तेक्वान्दो कमिटीका सदस्य कविराज नेगी लामाले खेलाडिहरुलाई ग्रेडिङ प्रदान गर्नु भएको थियो ।
नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार ह्वीइल चियरतर्फ ग्रेडिङ प्रदान गरिएको डोजाङ प्रमुख कुँवरले जानकारी दिनुभयो ।
ग्रेडिङमा कुल ७ ह्वीइलचियर तेक्वान्दो खेलाडीको सहभागीता रहेको थियो ।
ग्रेडिङमा हिमाल अर्याल उत्कृष्ट छानिएका तेक्वान्दो प्रशिक्षक लामाले जानकारी दिनुभयो

Leave A Reply