खेल समाचार

0

काठमाडौँ, ८ फागुन
सीतापाइला स्कुलले सातौं राष्ट्रिय विद्यालयस्तरीय सोतोकान कराते प्रतियोगिताको उपाधि हात पारेको छ ।
काठमाडौँमा शनिबार सम्पन्न फाईनलमा सीतापाइला १० स्वर्ण, ७ रजत र ५ कांस्यसाथ टिम च्याम्पियन बन्यो ।
आयोजक शिशु निकुञ्ज उमावि ८ स्वर्ण, ६ रजत र ५ कांस्यसहित दोश्रो भयो । ४ स्वर्ण, ८ रजत र १० कांस्य जितेको कान्तिपुर एकेडेमीले तेश्रो भएको थियो ।
नेपाल सोतोकान कराते डो संघको वार्षिक कार्यक्रम अनुसार आयोजित प्रतियोगिताको पुरुषमा सीतापाइलाका प्रदीप राई तथा महिलामा शिशु निकुञ्जकी कुसुम तामाङ उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
हाइली क्रिएटिभ स्कुलले सि ड्रिबल्स कप अन्तरविद्यालय छात्रा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
काठमाडौँमा चावहिलमा शनिबार भएको फाइनलमा हाइली क्रिएटिभले छहारी शिक्षा सदनलाई ३–१ गोलले पराजित गरेको थियो ।
ज्ञान निकेतन र नेरिक प्रथम सौर्य कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
सौर्य इन्टरनेसनल सेकेन्डरी स्कुलद्वारा आयोजित प्रतियोगितामा ज्ञान निकेतनले गोल्डेनपिकलाई ५३–५० ले पराजित ग¥यो ।
पवन खत्रीको २१ अंक सहयोगमा नेरिकले नेपाल सेन्ट्रललाई ४६–३० ले हरायो । फाइनल आइतबार हुनेछ ।
आयोजक काष्ठमण्डप विद्यालयको ‘ए’ टिम र साइपाल एकेडेमी दोश्रो काष्ठमण्डप कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
काष्ठमण्डप ‘ए’ ले जेभियर इन्टरनेसनललाई १४–१२ ले पराजित ग¥यो । यसैगरि साइपालले नामीलाई १५–१० ले हरायो ।

Leave A Reply