खेल समाचार

0

काठमाडौं, ६ फागुन
ताप्लेजुङमा जारी पाथिभरा पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिन विहीबार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लवले आ(आफ्नो खेलमा जित हासिल गरेका छन् ।
सदरमुकाम स्थित नेपाली सेनाको खेल मैदानमा आज भएको पहिलो खेलमा आर्मीले पूर्वाञ्चललाई २५–१५, २५–२३ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो ।
त्यस्तै आजैको दोस्रो खेलमा एपिएफले पनि मध्यमाञ्चललाई २५–१७, २५–१६, र २५–१५, को सोझो सेटमा पराजित र्गयो ।
विहीबारको खेल समाप्तिसँगै नेपाल पुलिस र आर्मी समान ६र६ अंक सहित अंक तालिकाको पहिलो र दोस्रो स्थानमा छन् भने ३ अंकसहित एपिएफ तेस्रो तथा क्रमसः २ र १ अंक जोडेको पूर्वाञ्चल र मध्यामाञ्चल चौथो र पाँचौं स्थानमा छन् ।
प्रतियोगिता अन्तर्गत भोली हुने पहिलो खेलमा एपिएफ र आर्मी तथा दोस्रो खेलमा मध्यामाञ्चल र नेपाल पुलिस आमने सामने हुनेछन् ।

नेक्सस क्रिक्रेट एकेडेमीले नेक्सस कप अण्डर १६ अन्तर एकेडेमी ट्वेन्टी ट्वेन्टी राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
बिहीबार एकेडेमीले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतियोगिता मूल आयोजक समितिका संयोजक भरतकुमार शाहीले प्रतियोगिता लिग तथा नकआउटको आधारमा सञ्चालन हुने बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा देशभर रहेका निजी तथा सामुदायिकस्तरबाट सञ्चालित क्रिक्रेट एकेडेमी तथा क्लबहरु मध्येबाट ३२ टिमका ४ सय ४८ खेलाडीहरुको सहभागिता रहने बताउनुभयो ।
प्रतियोगिता विजेता टिमलाई १ लाख ५० हजार र उपविजेतालाई १ लाख रुपैयाँ पुरस्कार दिइने छ । त्यसैगरि म्यान अफ द सिरिजलाई २० हजार, ईमरजिङ्ग खेलाडीलाई १५ हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्स्म्यानलाई १० हजार रुपैयाँसहितको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता आगामी चैत्र १५ गतेदेखि वैशाख ५ गतेसम्म भक्तपुरको सैनिक आवासीय उमाविको खेलमैदान लगायत तीन ठाउँमा हुने प्रतियोगिताका सहसंयोजक विजयकुमार शर्माले जानकारी दिनुभयो ।

Leave A Reply