खेल समाचार बैशाख–०८

0

काठमाडौं, ८ बैशाख । धनगढी प्रिमियर लिगको फाइनल खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानहरुले राम्रो ब्याटिङ गर्ने टोलीले प्रतियोगिताको उपाधि जित्ने बताएका छन् । फाइनल खेल शनीबार बिहान ११ बजेदेखि सेती अञ्चल प्रहरी कार्यालयको मैदान धनगढीमा सुरु हुनेछ । धनगढी चौराहा र विराटनगर काङस दुवै टोली रुपन्देही च्यालेञ्जर्सलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा शुक्रबार आयोजित प्रिम्याच पत्रकार सम्मेलनमा टिम चौराहा धनगढीका कप्तान पारस खड्काले शनीबारको फाइनलमा राम्रो ब्याटिङ गर्ने टोलीले उपाधि जित्ने सम्भावना अधिक रहेको बताए ।

बिराटनगरका कप्तान शरद भेषावकरले भने प्रतियोगितामा युवा खेलाडीको प्रदर्शनबाट भविश्यमा नेपाली क्रिकेटको भविश्य उज्वल देखिएको बताए । आफ्नो टोलीको प्रदर्शन पनि युवा खेलाडीहरुकै येगदान रहेको उनको भनाइ थियो ।

बिराटनगरले पहिल्लो एक खेलदेखि बिना प्रशिक्षक खेलिरहेको छ । प्रशिक्षक जितेन्द्र चौधरी एजुकेटर काचिङ कोर्सका लागि भारत गएपछि बिराटनगरले बिना प्रशिक्षक क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुगेको थियो । पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानहरुले सुदूरपश्चिममा आयोजना भएको धनगढी प्रिमियर लिग नेपली क्रिकेटकै केन्द्रीय प्रतियोगिता भएको भन्दै भविश्यमा नेपाली राष्ट्रिय टोलीको छनौट यसै प्रतियोगिताको प्रदर्शनको आधारमा हुनसक्ने बताए ।

आउँदो वर्ष हुने १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिपको छनौट खेलमा नेपाल कठिन समूहमा परेको छ । नेपाल रहेको समूह डिमा डिफेन्डिङ च्याम्पियन इराकसहित भारत र प्यालेष्टाइन छन् ।

च्याम्पियनसिपमा ४५ देशको सहभागिता छ । ४५ देशका १६ वर्षमुनिको टोलीलाई १० समूहमा विभाजन गरिएको छ । १० वटा समूहका विजेता र दोस्रो स्थानमा रहेका ५ टोली फाइनलमा पुग्नेछन् । छनौट खेल आगामी सेप्टेम्बर १६ देखि २४ सम्म हुनेछ । नेपाल रहेको समूह डिको छनौट खेल नेपालमै हुने एशियाली फुटबल महासंघ एएफसीले जनाएको छ ।

Leave A Reply