खेल समाचार बैशाख–०७

0

काठमाडौं, ७ बैशाख । धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग डि पि यल टि २० क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

धनगढि स्थित अञ्चल प्रहरी कार्यालयको मैदानमा बिहिबार भएको दोस्रो तथा अन्तिम क्वालिफाए खेलमा रुपन्देहि च्यालेनजर्सलाई ९२ रनले पराजित गर्दै धनगढि टिम चौराहा फाईनलमा प्रवेश गर्न सफल भएको थियो ।

पहिलो ब्याटिङ्ग गर्दै धनगढि टिम चौराहाले निर्धारित २० ओभरमा ५ विकेटको क्षेतीमा १ सय ७२ रन बनाएको थियो ।

धनगढि टिम चौराहाका कप्तान पारस खड्काले अविजित रहेर सर्वाधिक ६७ रनको योगदान गर्दै अर्ध सतक पुरा गरेका थिए ।

१ सय ७३ रनको विजयी लक्ष्ये पछ््यउने क्रममा रुपन्देहि च्यालेन्जर्सले १५.२ ओभरमा ८० रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।

धनगढि टिम चौराहाका कप्तान पारस खड्का यस खेलको प्लेएर अफ दि म्याच घोषित भएका थिए ।

धनगढिमा बुधबार नै भएको अर्को एलिमिनेटर खेलमा धनगढि टिम चौराहाले काठमाडौँ गोल्डेन्स्लाई ६ विकेटले पराजित गरेको थियो ।

टिम चौराहाका लागि लिलित राजबंशी र शौरभ खनालले समान ३÷३ विकेट लिएका थिए भने आरिफ शेखले २ र शुसान भारीले १ विकेट लिएका थिए ।

धनगढि टिम चौराहाले अब शनिबार हुने फाईनलमा बिराटनगर किङ्गस्को सामना गर्ने छ ।

बिराटनगर किङ्गस्ले बुधबार भएको पहिलो क्वालिफाएरमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।

पाँचौं सिटिजन्स बैंक खुला लन टेनिस प्रतियोगिता आइतबारदेखि आयोजना हुने भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला लन टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न उमेर समूहमा जम्मा १ सय ५० जना खेलाडि सहभागि रहने आयोजक सिटिजन्स बैंकद्वारा बिहिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स, पुरुष डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ ।

यसैगरि भेट्रानस्को ३५, ४५ र ५५ वर्ष भन्दा माथि सिंगल्स र डबल्स तथा ६५ वर्ष भन्दा माथिको उमेर समूहमा सिंगल्स प्रतिस्पर्धा मात्र हुने जानकारी गराईएको थियो ।

साताव्यापी प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा रहेको लन टेनिस कोर्ट र सातदोबाटोस्थित टेनिस कोर्टमा खेलाइनेछ ।

Leave A Reply