खेल समाचार बैशाख–०६

0

काठमाडौं, ६ बैशाख । विराटनगर किङ्गस् धनगढि प्रिमियर लिग डि पि यल टि २० क्रिकेट प्रतियोगिताको फाईनलमा स्थान बनाउन सफल भएको छ ।

धनगढि स्थित अञ्चल प्रहरी कार्यालयको मैदानमा बुधबार भएको खेलमा रुपन्देहि च्यालेनजर्सलाई २९ रनले पराजित गर्दै बिराटनगर किङ्गस्ले फाईनलको यात्रा तय गरेको थियो ।

पहिलो ब्याटिङ्ग गर्दै बिराटनगर किङ्गस्ले पुरै २० ओभरमा ९ विकेटको क्षेतीमा १ सय २८ रनको योगफल तयार पारेको थियो ।

बिराटनगर किङ्गस्का लागि आरिफ सेखले सर्वाधिक ३६ र कप्तान सरद भेषवाकरले राम्रो प्रदर्शन गर्दै २२ बलमा २४ रनको योगदान गरेका थिए ।

यता बलिङ्गतर्फ रुपन्देही च्यालेनजर्सका कप्तान शक्ति गौचनले सर्वाधिक ३ विकेट लिएका थिए ।

१ सय २९ रनको विजयी लक्ष्ये पछ््यउने क्रममा रुपन्देहि च्यालेन्जर्स पुरै २० ओभरमा सबै विकेट खर्चेर मात्र ९९ रनमा सिमित हुन पुग्यो ।

बिराटनगर किङ्गस्का शुसील कँडेल यस खेलको प्लेएर अफ दि म्याच घोषित भएका थिए ।

धनगढिमा बुधबार नै भएको अर्को एलिमिनेटर खेलमा धनगढि टिम चौराहाले काठमाडौँ गोल्डेन्स्लाई ६ विकेटले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको काठमाडौँ गोल्डेन्स्ले २० ओभरमा ६ विकेटको क्षेतीमा १ सय २३ रन बनाएको थियो ।

धनगढि टिम चौराहाले १८.४ ओभरमा मात्र ४ विकेट खर्चेर विजयी लक्ष्ये प्राप्त गरेको थियो ।

धनगढि टिम चौराहाका लागि ४४ रनको योगदान गरेका अनिल कुमार मण्डल यस खेलको प्लेएर अफ दि म्याच घोषित भएका थिए ।

धनगढि टिम चौराहाले अब बिहिबार रुपन्देहि च्यालेन्जर्स संग खेल्ने छ ।

एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन ४ सदस्यीय नेपाली भारोत्तोलन टोली बिहीबार तुर्कमिनिस्तान प्रस्थान गर्ने भएको छ ।

अप्रिल २१ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८५ केजी तौल समूहमा १० औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरेका कमलबहादुर अधिकारीले पनि प्रतिस्पर्धा गर्दैछन् ।

भारोत्तोलन टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधबार सातदोबाटोमा आयोजित एक कार्यक्रमका बिच बिदाइ गर्नु भएको थियो ।

यसैगरि हङकङमा आयोजना हुने २१ औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई विदाई गरिएको छ ।

त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा आयोजित एक कार्यक्रमकाबिच तेक्वान्दो टोलीलाई बिदाई गरिएको थियो ।

अप्रील २२ देखि २४ तारिख सम्म हङकङमा आयोजना हुने च्याम्पियनसिपमा १२ खेलाडी, १ प्रशिक्षक, २ ब्यवस्थापक र १ जना निर्णायक सहभागी रहेका छन् ।

टोली बुधबार नै हङकङ तर्फ प्रस्थान गर्ने छ ।

Leave A Reply