खेल समाचार चैत्र–७

0

काठमाडौं, ७ चैत्र । भैरहवामा जारी शशिकान्त सकुन्तला बर्मा टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा बुम एम सी सी भैरहवा विजयी भएको छ ।

भैरहवास्थित सिद्धार्थ रङ्गशालामा भएको खेलमा बुम एम सी सी ले देवदह क्रिकेट युनिट देवदहलाई ६ रनले पराजित गरेको थियो ।

भैरहवामा सोमबार नै न्यू हराईजन क्रिकेट क्लब बुटवल र प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब भैरहवाबिचको खेल भने वर्षाका कारण बिचमै स्थगित भएको थियो ।

खेल वर्षाका कारण अबरुद्ध भए पछि दुवै क्लबलाई १÷१ अङ्क बाँडिएको थियो ।

कराते प्रशिक्षक विशेष प्रशिक्षणमा सहभागी हुन दीपक श्रेष्ठ र फणिन्द्र ओझा सोमबार जापानको सिघा प्रस्थान गरेका छन् ।

मार्च २० देखि एक महिनासम्म चल्ने प्रशिक्षण सोतो कराते डो संघ, सिघाको आयोजनामा हुन लागेको हो ।

दुवै प्रशिक्षकहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सातदोबाटोमा सोमबार आयोजित एक कार्यक्रमबीच बिदाइ गुर्नभएको थियो ।

दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिता लगनखेलस्थित बुद्धिविकास मण्डलको खेल मैदानमा बिहीबार देखि शुरु हुने भएको छ ।

नेपालको आयोजनामा हुने प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गर्ने आयोजक स्पोर्ट्स फर अल क्लबद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

प्रतियोगितामा प्रथम हुने क्लबले १ लाख र दोस्रो हुने क्लबले ५० हजार रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।

जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंको सहयोगमा प्रथम काठमाडौं नगरकप फुटबल प्रतियोगिता २०७३ आयोजना हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति काठमाडौंको आयोजनमा हुने प्रतियोगितामा काठमाडौं जिल्ला भित्र रहेका दश नगरपालिकाहरुले सहभागीता जनाउनेछन ।

प्रतियोगिताको विजेता टिमले नगरकप ट्रफी सहित एक लाख एघार हजार एक सय एघार तथा दोस्रो हुने टिमले एकाउन्न हजार र तेस्रो हुने टिमले पच्चिस हजार रुपैँया पुरस्कार प्राप्त गर्नेछन ।

यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले दश हजार र सबै विधाका उत्कृष्ट खेलाडीले उपाधी सहित जनही पाँच हजार रुपैँया प्राप्त गर्ने छन् ।

प्रतियोगिता यही चैत २४ देखि ३१ गते सम्म काठमाडौँमा सञ्चालन हुने छ ।

Leave A Reply