खेल समाचार चैत्र–३

0

काठमाडौं, ३ चैत्र । रुपन्देही ११ फुटबल क्लबले दोस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

नेपालगन्ज रङ्गशालामा बिहिबार भएको फाईनलमा रुपन्देही ११ ले संकटा क्लबलाई सडन देथमा ३÷२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हाम्रा नेपालगन्ज समाचारदाता नविन गिरीले जनाएका छन् ।

खेलको निर्धारित समय १÷१ गोल तथा टाईब्रेकरमा ३÷३ गोलको बराबरी भए पछि खेलको निर्णय टाईब्रेकर मार्पmत गरिएको थियो ।

प्रथम भएको रुपन्देही ११ फुटबल क्लबले ५ लाख र दोस्रो भएको संकटा क्लबले २ लाख ५१ हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा संकटा क्लबका अजय महर्जन उत्कृष्ठ किप्पर, रुपन्देही ११ का मुसा उत्कृष्ठ डिफेन्डर, रुपन्देही ११ का गौरव बुढाथोकी उत्कृष्ठ मिडफिल्डर, संकटाका मार्टिनी उत्कृष्ठ फर्वार्ड र संकटा क्लब कै सल्यान खड्गी उत्कृष्ठ प्रशिक्षक घोषित भएका थिए ।

सबै उत्कृष्ठ घोषित भएकाहरुले पुरस्कार स्वरुप ५ हजार रुपैँया प्राप्त गरेका थिए ।

यसैगरि प्रतियोगिताको सर्वत्कृष्ठ खेलाडि घोषित हुन सफल रुपन्देही ११ का अमर डङ्गोलले एउटा सुजुनी मोटरसाईकल प्राप्त गरेका पनि हाम्रा नेपालगन्ज समाचारदाता नविन गिरीले जनाएका छन् ।

काकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले ईटहरी गोल्ड कप आमन्त्रण अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

ईटहरी स्थित जनता माध्यमिक विद्यालयको मैदानमा बिहिबार सम्पन्न फाईनलमा काकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले सशस्त्र प्रहरीको ए पि यफ क्लब पूर्वान्चललाई १÷० गोल पराजित गर्दै उपाधि प्राप्त गरेको हाम्रा शुनसरी समाचारदाता आषिश कुमार यादवले जनाएका छन् ।

प्रथम भएको काकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले २ लाख र दोस्रो भएको ए पि यफ क्लब पूर्वान्चलले १ लाख रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।

फाईनल खेलमा एक मात्र निर्णायक गोल गर्न सफल काकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका पिटरले यस खेलको म्यान अफ दि म्याच हुँदै पाँच हजार रुपैँया प्राप्त गरेका थिए ।

प्रतियोगितामा उदयमान खेलाडि घोषित भएका राष्ट्रिय जाग्रीती क्लब ईटहरीका बिमल मगरले एउटा २४ ईन्चको यल ई डि टेलिभिजन प्राप्त गरेका थिए ।

प्रतियोगितामा सर्वाधिक गोल गर्न सफल काकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका सामसोनले १० हजार रुपैँया प्राप्त गरेका पनि हाम्रा शुनसरी समाचारदाता आषिश कुमार यादवले जनाएका छन् ।

Leave A Reply