खुल्ला आधुनिक संगीत प्रतियोगिता

0

Adhunik geet pratiyogita suchana

रेडियो नेपालको आयोजनामा हुने राष्ट्रव्यापी
आधुनिक सङ्गीत प्रतियोगिता २०७३

रेडियो नेपालको ६७ औं बार्षिकोत्सवको अवसरमा राष्ट्रिय खुला आधुनिक संगीत प्रतियोगीता रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबार तथा सातै प्रदेशमा आयोजना हुने भएकोले इच्छुक गायक गायिकाहरुले आबेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
प्रदेश स्तरमा हुने प्रतियोगीताहरु:
प्रदेश नम्बर १. रेडियो नेपाल धरान प्रसारण केन्द्र , २०७३ चैत्र १ गते
प्रदेश नम्बर २, रेडियो नेपाल बर्दिबास प्रसारण केन्द्र, चैत्र ३ गते
प्रदेश नम्बर ३, रेडियो नेपाल भैंसेपाटी प्रसारण केन्द्र, चैत्र ५ गते
प्रदेश नम्बर ४ रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरा, चैत्र १३ गते
प्रदेश नम्बर ५, रेडियो नेपाल रिले स्टेसन दाङ, चैत्र ११ गते
प्रदेश नम्बर ६, रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेत, चैत्र ९ गते
प्रदेश नम्बर ७, रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायल, चैत्र ७ गते

र प्रदेश स्तरबाट प्रथम, द्वितीय तथा तृतीय हुनेहरुलाई २०७३ चैत्र १८ गते सिंहदरबार, काठमाडौँमा हुने अन्तिम चरणको प्रतियोगितामा सामेल गराइने छ ।
आबेदन फारम पाइने स्थान:  रेडियो नेपालको धरान, बर्दिवास, भैँसेपाटी, पोखरा, दाङ, सुर्खेत र दीपायल कार्यालयहरु । साथै www.radionepal.gov.np बाट डाउनलोड गर्न पनि सकिने छ ।

Download Application Form

 

प्रतियोगीतामा सहभागी हुने गायक गायिकाहरुले आबेदनका साथमा आफूले गाउने गीतको प्रतिलिपि बुझाउनु पर्ने छ । केन्द्रीय प्रतियोगिताका साथै प्रदेश स्तरको प्रतियोगितामा सहभागी कलाकारहरू मध्ये प्रथम द्वितीय र तृतीय हुने कलाकारहरुलाई स्वर्ण, रजत तथा काश्य पदक तथा प्रमाण पत्र प्रदान गरिने छ ।
आवेदन बुझाउने स्थानहरू
धरान ०२५ ५२०८७५ वर्दिवास ०४४ ५५०००८
भैंसेपाटी ०१ ५५९०३५० पोखरा ०६१ ५२०४५७
दाङ ९८४४९२८५७३ सुर्खेत ०८३ ५२०५३८
दीपायल ०९४ ४४००१८
साथै radionepalmusic@gmail.com मा पनि बुझाउन सकिने छ ।

फर्म बुझाउने अन्तिम मिति २०७३ फागुन २७ गते

आउनुहोस – यो भव्य तथा ऐतिहाशिक राष्ट्रिय सांगीतिक प्रतियोगितामा सहभागी हुनुहोस् र नेपाली संगीतको क्षेत्रमा आफ्नो भविष्य उज्ज्वल बनाउनु होस् ।

Registration Form 2073

Leave A Reply