खाती, श्रेष्ठ र रिजाललाई नइ पुरस्कार

0

काठमाडौं, २६ चैत्र । नइ प्रकाशनले काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषा साहित्यमा योगदान पु¥याउनुभएका विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गर्ने भएको छ ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले साहित्यकारहरु रुपन्देहीका अजम्बरध्वज खाती, चितवनका गायत्री श्रेष्ठ र सरस्वती रिजाललाई विभिन्न पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले दशक अघिदेखि नेपाली भाषा साहित्यमा समर्पित भई एक दर्जन सृजनात्मक कृतिको लेखन र प्रकाशन गर्नुभएका ८२ वर्षीय खातीलाई ‘नइ धनरुप पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसै गरी चितवनका साहित्यकारद्वय गायत्री श्रेष्ठ र सरस्वती रिजाललाई संयुक्त रुपमा ‘नइ बुलु शर्मा पुरस्कार’ प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

‘नइ धनरुप पुरस्कार’ र ‘नइ बुलु शर्मा पुरस्कार’ को राशी नगद ५०/५० हजार रहेको छ ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको ९८ औं जन्मोत्सवका अवसरमा आगामी वैशाख २९ गते काठमाडौंमा पुस्कार प्रदान गरिने नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।

Leave A Reply