क्लबलाई आठ लाखको जग्गा सहयोग

0

बाबियाचौर (म्याग्दी), ७ चैत । म्याग्दीको बेग तिप्ल्याङमा रहेको पुन भिसी स्मृति क्लबलाई एक दम्पतीले रु आठ लाखभन्दा बढी मूल्य पर्ने जग्गा उपलब्ध गराएका छन् । क्लबको खेलमैदान, भवनलगायत पूर्वाधार निर्माणका लागि बेग घर भई हाल पोखरा फूलबारी बस्ने फूलबहादुर र धनदेवी पुनले एक रोपनी जग्गा उपलब्ध गराउनुभएको हो । बेनी–जोमसोम सडकको छेउमा रहेको उक्त जग्गाको मूल्य स्थानीय बजार भाउ अनुसार रु आठदेखि नौ लाख रहेको क्लबका अध्यक्ष बलमान गौचनले बताउनुभयो । जग्गा प्राप्तीसँग भवन र खेलमैदान बनाउन पहल भइरहेको छ । दोस्रो विश्व युद्धमा बहादुरी देखाएबापत बेलायतको उच्च सैनिक सम्मान भिक्टोरिया क्रस बिजेता तुलबहादुर पुनको स्मृतिमा तिप्ल्याङका युवाले क्लब स्थापना गरेका थिए । जग्गादाता पुन दम्पतीलाई तिप्ल्याङमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाले शनिबार स्वागत तथा सम्मान गरेका छन् । क्लबले खेलकुद, सरसफाइ, स्थानीय कला र संस्कृति संरक्षण, विपद् व्यवस्थापनका गतिविधि गर्दै आएको छ । रासस

Leave A Reply