कोसीपारि पहिलोपटक जिप र ट्र्याक्टर पुग्दा खुसियाली

0

सोलुखुम्बु, ६ फागुन । सोलुखुम्बुको अत्यन्तै विकट क्षेत्र कोसीपारीका गाउँमा पहिलोपटक यातायातको साधन पुग्दा स्थानीयवासी हर्षित भएका छन् ।

आज दूधकोसीको दिप्लीघाटबाट तारेर पावै गाविसमा एउटा जिप र एउटा ट्र्याक्टर पु¥याएपछि स्थानीयवासीले सवारीसाधन तथा चालकलाई फूलमाला र अबीर लगाउनुको साथै नाचगानसमेत गरेका थिए ।

दूधकोसीभन्दा पारी रहेका र भौगोलिक रूपका अत्यन्तै विकट जिल्लाका वाकु, पावै, बुङ, छेस्काम, सोताङ र लोखिम गाविसका बासिन्दा सवारी साधन दूधकोसी तरेपछि खुसी भएका हुन् ।

Leave A Reply