कोलम्बिया सरकार र फार्कवीच नयाँ शान्ति सम्झौता

0

कोलम्बिया, २८ कात्तिक । कोलम्बियाको सरकार र मुलुककै सवै भन्दा ठुलो विद्रोही समुहका रिभोलुसनरी आर्मड फोर्स अफ कोलम्बिया (फार्क) बीच शनिबार नयाँ शान्ति संझौता भएको छ ।

दुवैको तर्फबाट जारी वक्तव्यमा नयाँ शान्ति सम्झौतालाई संसदबाट पारित गराउने सम्झौता भएको उल्लेख छ । क्युबा र नर्वेका कूटनीतिज्ञहरुको मध्यस्थतामा क्युबाको राजधानी हभानामा सम्झौता भएको हो ।

“हामीले कोलम्बियाको सम्पूर्ण समुदाय र अन्तराष्ट्रिय समुदायलाई पनि यो सम्झौताको समर्थन गरिदिन आग्रह गर्दछौं । शान्तिले लामो समयसम्म पर्खन सक्दैन ।” वक्तव्यमा भनिएको छ ।

क्युवाका विदेश मन्त्री ब्रुनो रोड्रीगुजको रोहबरमा भएको हस्ताक्षर समारोहमा कोलम्बिया सरकारको तर्फबाट प्रमुख मध्यस्थकर्ता हुम्बेर्टो डे ला कल र फार्कको तर्फबाट समकक्षी इभान मारक्वेजले हस्ताक्षर गर्नु भएको छ ।

यसअघि भएको पहिलो शान्ति सम्झौता जनमत सङ्ग्रहबाट अस्वीकृत भएको छ हप्तापछि नयाँ शान्ति सम्झौता भएको हो । जनमत सङ्ग्रहबाट सम्झौता अस्विकृत भएको नतिजा आउना साथ राष्ट्रपति जोन म्यानुअल सान्तोषले शान्ति प्रक्रियालाई नयाँ तरिकाले अगाडी बढाउने बताउनु भएको थियो ।

५२ वर्ष लामो गृहयुद्ध अन्त्य गर्ने उद्देश्यले कोलम्बियामा शान्ति सम्झौताको प्रक्रिया थालिएको हो । गत सेप्टेम्बरमा भएको त्यही पहिलो शान्ति सम्झौताका लागि राष्ट्रपति सान्तोषले नोवेल शान्ति पुरस्कार समेत पाउनु भएको छ ।

Leave A Reply