केशव दुवाडी प्रतिष्ठानमा प्रदीपकुमार

0

काठमाडौँ, २३ साउन । केशव दुवाडी स्मृति प्रतिष्ठानको शनिबारको साधारणसभाले प्रदीपकुमार दुवाडीका अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ ।

प्रतिष्ठानका उपाध्यक्षमा अशोककुमार दुवाडी, सदस्य सचिवमा रमेश खनाल र कोषाध्यक्षमा सुधा दुवाडीलाई चयन गरिएको छ । नेपाली कला र कलाशिक्षाका क्षेत्रमा दुवाडीको विशेष योगदान रहेको छ ।

विसं १९७८ मा विराटनगरमा जन्मिनुभएका दुवाडीले जेजे स्कुल अफ आर्टस् बम्बईबाट स्नातक गर्नुभएको थियो ।

उहाँले जुद्धकला पाठशालामा राणाकालमै पढाउनुभएको थियो भने ललितकला महाविद्यालयका संस्थापक प्रिन्सिपलका रूपमा २०२४ देखि ०३० सालसम्म काम गर्नुभएको थियो ।

उहाँ २०२२ सालमा कला क्षेत्रको विकास गर्ने उद्देश्य राखी स्थापित नेपाल ललितकला संस्था (नाफा) का संस्थापक उपाध्यक्ष समेत हुनुहुन्थ्यो ।

विसं २०५३ मा निधन भएपछि उहाँको कला क्षेत्रमा रहेको योगदानलाई चिरस्थायी बनाउन २०७१ सालमा प्रतिष्ठानको स्थापना गरिएको ललितकला पत्रकार देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो ।

Leave A Reply