कृषिलाई आधुनिकीकरण नगरेसम्म कृषि विकास सम्भव नभएको –कृषिमन्त्री गजुरेल

0

काठमाडौँ, १५ वैशाख । कृषिमन्त्री हरिबोल गजुरेलले कृषिलाई आधुनिकीकरण नगर्दासम्म कृषिको विकास सम्भव नभएको बताउनु भएको छ ।

‘दक्षिण एसियामा कृषिको यान्त्रिकीकरणः नेपालको कृषि विकासको विचारधारा, अभ्यास र अनुमान’ विषयक कार्यशालामा उहाँले कृषिमा विश्वमा अभ्यास गरिएका आधुनिक सोचलाई नेपालमा पनि लागू गरिनुपर्ने विचार राख्नुभयो ।

उहाँले आगामी आर्थिक वर्षको बजेटमा नेपालको कृषिको विशिष्टीकरण गर्न अर्थ मन्त्रालय र योजना आयोगसँग पनि छलफल भइरहेको बताउनुभयो ।

कृषिलाई नयाँ स्वरुपमा विकास गर्न त्यसमा यान्त्रिकीकरण गर्न आवश्यक भएको उहाँको भनाइ थियो ।

Leave A Reply