कालीगण्डकीमा जलयात्रा सुरु

0

पर्वत, २ चैत । गर्मीयाम सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ)सुरु भएको छ ।

जलयात्राको याम सुरु भएसँंगै कालीण्डकीमा पर्यटक आउने क्रम बढेको छ । जाडो यामको समाप्तिसँगै बर्सेनि फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउने गरेका छन् ।

लामो, समथर र कम बहाव भएका कारण बाह्य पर्यटकले जलयात्राका लागि कालीगण्डकीलाई रोज्ने गरेका छन् । स्वेदशी पर्यटकको आवागमन समेत बढेको नदी पथप्रदर्शक रवीन गुरुङले बताउनुभयो । अहिले दैनिक करिब दश वटा समूहसम्ममा पर्यटक आउने गरेका छन् ।

पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । कुश्मा नगरपालिका– १ स्थित नयाँ पुल तथा मालढुङ्गाबाट सुरु हुने जलयात्रा स्याङजा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ ।

तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् ।

Leave A Reply