कारबाहीमा ४७ आतङ्ककारी मारिए

0

अफगानिस्तान, ७ वैशाख । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी ४७ जना तालिवान लडाकूहरु मारिएका अफगान रक्षा मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

गत २४ घन्टाको अवधिमा भएको यस कारबाहीका क्रममा अन्य ११ जना घाइते र एक पक्राउ परेको पनि दैनिक सुरक्षा कारबाहीको ताजा विवरण सार्वजनिक गर्ने शिलशिलामा रक्षा मन्त्रालयले जनाएको छ ।

देशभरका ३४ प्रदेशमध्ये १३ प्रदेशमा जारी यस कारबाहीको क्रममा ती आतङ्ककारी मारिनु साथै विभिन्न ठाउँमा विस्फोटनका लागि राखिएका ३१ ओटा बम तथा विस्फोटक पदार्थ सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

तालिवानीहरुको नेतृत्वमा अफगानिस्तानमा निरन्तर हिंसात्मक क्रियाकलाप भइरहेका छन् ।

Leave A Reply