काठमाडौंको भृकुटीमण्डपमा घरजग्गा मेला हुन

0

काठमाडौँ, ३ फागुन
काठमाडौंको भृकुटीमण्डपमा घरजग्गा मेला हुने भएको छ ।
मेलाबारे जानकारी दिन नेपाल जग्गा तथा आबास बिकास संघले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा घरजग्गा मेला आयोजक समितीका संयोजक बिपिन चित्रकारले आगामी चैत्र २५ गतेदेखि चैत्र २८ गतेसम्म हुने मेलामा ब्यवस्थित बसोबास सम्बन्धी गोष्ठीको आयोजनासंगै हाउजिंग क्षेत्र,बीमा,बैंक र निर्माण कम्पनीको समेत सहभागिता रहने जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल जग्गा तथा आबास बिकास संघका अध्यक्ष एबं सांसद ईच्छाराज तामांगले बैकिंग क्षेत्रले सिलिंग तोकेर भएपनि घरजग्गा क्षेत्रमा लगानी गर्नैपर्ने बताउनुभयो ।
मेला ब्यवस्थापन उप समितीका संयोजक लक्ष्मी प्रसाद प्रसाईले उपभोक्ताहरुलाई सचेत बनाउन घरजग्गा मेला प्रभाबकारी हुने बताउनुभयो ।
तेह्रथुमको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै २२ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका त्यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताउनुभयो ।
जिल्लामा अलैँची अदुवा र अम्लिसोपछि सबैभन्दा धेरै खेती र आम्दानी हुने नगदेबाली अकबरे खुर्सानी हो ।

Leave A Reply