करौँडो मूल्यको चरेससहित पक्राउ परेका सार्वजनिक

0

विराटनगर, ६ फागुन । विराटनगरमा ठूलो परिमाणमा लागुपदार्थ चरेससहित पक्राउमा परेका पाँच जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

विराटनगरबाट ५१ किलो ४०० ग्राम चरेससहित पक्राउमा परेका मकवानपुरको टिस्टुङ–५ का प्रतापसिंह गोले र वुद्ध बम्जन, काभ्रेपलाञ्चोकको नयाँगाउँ देउपुर–४ का राम गुरुङ, अरुण गुरुङ र धादिङ भुमेस्थानका मिलन राउतलाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा करोडौँ मूल्य पर्ने चार वटा चरेसको प्याकेट बनाएर चारवटा सुटकेसमा फ्ल्स बटम बनाएर लुकाएर राखेको अवस्थामा विराटनगरको एक होटलबाट विशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जोगबनी भएर भारतको कोलकत्ता जान तयारी गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्दिप भण्डारीले बताउनु भयो ।

Leave A Reply